पानी व्यवसायीद्वारा आफुखुशी मुल्यबृद्धि : विद्यमान ऐन विपरित पानी उद्योग महासंघ

10

काठमाडौं । आम उपभोक्ताले उपभोग गर्ने कुनै पनि खाद्यबस्तु (तरल/ठोस) बस्तुको मुल्यलाई व्यवसायीहरुले थपघट गर्न नपाउने विद्यमान ऐन विपरित केही दिन यता अत्याधिक मुल्यबृद्धि गरिएको छ । च्याउ सरि उम्रेरिएका संघ सस्था र कम्पनीका सञ्चालकहरुले सरकारी ऐन नियमलाई समेत लत्याउदै आफुखुशी पानी उद्योग महासंघ नामक संस्थाले पीउने पानीको मुल्यबृद्धि गरेको छ । सो महासंघले जार तथा बोतलको खुद्रा मुल्यबृद्धि गरेको छ ।

आफुलाई आधिकारीक महासंघ भएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ती दिदै आएका विक्रम लिम्बू सो संस्थाको अध्यक्ष रहेको बताएका छन् । उनले विद्यमान ऐनलाई लत्याउदै आफुखुशी बोतलको पानीमा ४ रुपैयाँ र जारको पानीमा ५ रुपैयाँ बढाएर बिक्री गर्नु गराउनु भन्दै निर्देशन समेत दिएको बताएका छन् । उनले सबै खालका कच्चा पदार्थको भाउ ४० प्रतिशतले बढेको भन्दे पानीको मुल्यमा पनि उपभोक्ता मूल्यमा ४० प्रतिशतले बढाएको बताएका छन् ।

सो महासंघले अन्तर्राष्ट्रिय परिस्थितिका कारण देखाउदै मुल्य बृद्धि गर्नु कानुनको खिल्ली उडाउदै नमानेको उपभोक्ताबादीहरुले बताएका छन् । सो महासंघले भित्री रुपमा सर्कुलर गरेपछि बजारमा उपलब्ध पानीको बोतलको अधिकतम खुद्रा मुल्य प्रतिबोतल १६ रुपैयाँबाट बृद्धि गरि २५ रुपैयाँमा बिक्री गर्न थालिएको छ । यसरी सार्वजनिक गर्दा बोटलको पानीमा ४ रुपैयाँ बृद्धि गरेको बताएपनि भित्री रुपमा प्रति बोटल ९ रुपैयाँ बृद्धि गरि पानी बिक्री गर्न अध्यक्ष लिम्बुले अनुमती दिएको डिलरहरुले बताएका छन् ।

जारको पानी ५० रुपैयाँबाट बृद्धि गरेर ६५ रुपैयाँ पु¥याएको छ । मुल्य समायोजन गर्ने हक वाणिज्य विभागबाट सहमति लिई गुणस्तरको लागि खाद्य प्रविधिबाट स्वीकृति लिएर विभागलेमात्र गर्न पाउने व्यवस्था रहेको छ । तर सो महासंघले मुल्यबृद्धि गर्दा सो कार्य नगरि आफुखुशी मुल्यबृद्धि गरेको पाईएको छ । महासंघले विज्ञप्ति मार्फत पानीको मूल्य समायोजनको निर्णय विद्यमान ऐन कानुन विपरित भएको राष्ट्रिय उपभोक्ता मञ्चको ठहर रहेको छ ।

सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बोटल पानीमा ४ रुपैयाँ र जार पानीमा ५ रुपैयाँ थप गरिएको मूल्यवृद्धि अव्यावहारिक र अस्वभाविक रहेको बताएका छन् । उनले कच्चा पदार्थको मूल्यवृद्धि र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बहाना बनाए सो मुल्यवृद्धि अत्याधिक भएको समेत बताएका छन । उनले उपभोक्तालाई दैनिक आवश्वयक पर्ने पानी जस्तो आधारभूत वस्तुमा गरिएको यो वृद्धि जनतामाथि ठूलो आर्थिक भार भएको समेत बताएका छन् ।

उनले महासंघ गरेको ४० प्रतिशत भन्दा बढ़ी कच्चा पदार्थको मूल्यवृद्धि’ को दावी अवास्तविक र तथ्यहीन समेत रहेको बताएका छन् । यो मूल्य समायोजन नभई, उपभोक्तालाई ठाग्ने एउटा बहाना मात्रै भएको बताउदै सरकारले ढुवानी र करमा सहुलियत दिनुपर्नेमा, महासंघले सीधा उपभोक्ताको खल्तीमा हात हाल्नु अन्यायपूर्ण रहेको समेत अध्यक्ष महर्जनले बताएका छन् । उनले सो निर्णय तत्काल फिर्ता लिन र पारदर्शी तरिकाले लागत विश्लेषण सार्वजनिक गर्न समेत माग गरेका छन् । यदि सो निर्णण फिर्ता नभए, हामी उपभोक्ताहरू विरोधका अन्य कार्यक्रमहरू आयोजना गर्न बाध्य हुने समेत उनले बताएका छन् ।

समाचार वर्गहरू