नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिए

6

काठमाडौं । कुख्यात बिचौलियाको रूपमा चर्चित र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन पनि तानिएको छ ।

विभागको निर्देशन बमोजिम धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिले भट्टबाट भएका धितोपत्रहरूको खरिद र बिक्रीको सम्बन्धमा विस्तृत सुपरीवेक्षण गरेपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत दोषी ठहर भएका हुन् ।

धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्प्नीले दीपक भट्टबाट उनले धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने तथा उनीसँग सम्बन्धित विभिन्न कम्पनी र तीनका सञ्चालकलाई दिनुपर्ने रकिम नदिई त्यस रकमबाटै धितोपत्रको राफसाफ गर्ने गरेको सन्दर्भमा छानबिन भएको थियो ।

छानबिन समितिले दीपक भट्टसहित भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई पनि दोषी देखाएको छ । उनीहरूसहित शुभी अग्रवाल, ऋषिराज मोर, राजबहादुर शाहलाई पनि सो प्रकरणमा आरोपी बनाएको छ ।

कसूर गर्न सहयोग गर्ने व्यक्ति र संस्था भनेर शेखर गोल्छासहित हिमालयन रिइन्स्यारेन्स लिमिटेड, हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड,एचएलआई लार्ज क्याप फण्ड,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई पनि कारबाहीको दायरामा पारिएको छ ।

समाचार वर्गहरू