रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा २० जनाको मृत्यु

58

काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार थवाङस्थित जलजलामा जीप दुर्घटना भएको हो । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट खसेको थियो ।

थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले अहिलेसम्म २० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले अहिलेसम्म २० जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।थप विवरण आउन बाँकी ।

समाचार वर्गहरू