वास्तविक सुकुम्वासी पहिचान गर्न सबै स्थानीय तहलाई मन्त्रालयकाे निर्देशन

62

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई वास्तविक सुकुम्बासी पहिचान गर्न निर्देशन दिएकाे छ ।

मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर सुकुम्बासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग्न परिपत्र गरेको हो ।

मन्त्रालयले पहिचान भएका वास्तविक सुकुम्बासी लाई तत्काल अन्यत्र व्यवस्थापन गर्ने योजना (सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधोपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायत) तयार गर्न निर्देशन दिएकाे छ ।

मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगरिदिन र जोखिम पूर्ण स्थानमा बसोबास नगर्न आम जनतालाई सचेत गराएकाे छ ।

682376822_1496516182005694_5228438216967468491_n-1777562282.jpg

समाचार वर्गहरू