हिमालयन लाइफ इन्स्योरेन्सको आक्रामक नयाँ व्यापार सुरू

4

काठमाडौं । जीवन बीमकले नयाँ व्यापार आक्रामक ढंगले अगाडी बढाएको बताइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांकबाट पनि सो देखिन आएको छ । तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु वर्षको चैतसम्म ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेको प्राधिकरणले जारी गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्ष २०८१।८२ को चैतसम्म कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुको नयाँ व्यापार ३० दशमलव ६१ प्रतिशतले बढेको उल्लेख गरिएको छ। समीक्षा अवधिसम्म हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ अर्थात ० दशमलव ७४ प्रतिशत नयाँ व्यापार भित्र्याएको जनाएको छ ।

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना समेत संगसंगै अघि बढाई रहेको बताइएको छ । कम्पनीको सञ्चालक समितिले सो योजना गत वर्षको साउन २६ गतेसम्म लागू गरेको उल्लेख गरेको छ । घोषित योजना अनुसार, ऐच्छिक अवकाश योजना रोज्ने कर्मचारीले दशैं बोनशसहित न्यूनत्तम १२ महिनाको तलब प्राप्त गर्ने लगायतको रहेको छ ।

यसबाहेक कर्मचारीले सेवा अवधिको आधारमा थप २ देखि १४ महिनाको कुल मासिक आधारभूत तलबसँगै ग्रेड र भत्ता सहित तलब भुक्तानी पाउने व्यवस्था मिलाएको समेत प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले बताएका छन् । कम्पनीका अनुसार, दुई देखि ४ वर्ष सेवा अवधिका लागि २ महिना, ४ देखि ७ वर्ष पुरा भएकालाई ५ महिना, ७ देखि १० वर्ष पुरा भएकालाई ८ महिना, १० देखि १३ वर्ष पुरा भएकालाई ११ महिना र १३ वर्षभन्दा माथि सेवा अवधि पुरा भएकालाई १४ महिनाको थप तलब सुविधा दिइने बताइएको छ।

कार्यालय सहयोगी, चालकदेखि लिएर सहायक प्रमुख कार्यकारी अधिकृत वा सो भन्दा माथिल्लो तहसम्मको कर्मचारीलाई समेत लक्षित गर्दै अवकाश योजना घोषणा गरिएको छ। तीनवटा कम्पनीबीच मर्जरका कारण कर्मचारी संख्या ७८५ रहेको बताइएको छ । देशैभर शाखा सञ्जाल रहेका ठूला बीमकको हकमा ४५० जना सम्म जनशक्ति रहनु उपयुक्त हुने भएपनि हिमालयन लाईफसँग दुई तिहाई अधिक जनशक्ति कार्यरत रहेका छन् ।

यसैगरी, नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफले ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। त्यस्तै नेसनल लाइफले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ , लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल १ अर्ब ८९ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब २० करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९५ करोड ११ लाख रुपैयाँ भित्राएका छन् । एसियन लाइफले १ अर्ब ७५ करोड ४४ लाख रुपैयाँबराबरको नयाँ व्यापार भित्र्याएका छन्। र एसियन लाइफको ४० दशमलव २६ प्रतिशतले बढेको छ।

समाचार वर्गहरू