कैलाली । प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलाका लागि धनगढी पुगेका काङ्ग्रेस सभापति गगन थापाले धनगढीस्थित होटल रुबसमा नेता–कार्यकर्तासँग भेटघाट सुरु गरेका छन् ।
सभापति भएपछि पहिलोपटक धनगढी पुगेका थापालाई नेता–कार्यकर्ताहरूले बधाई तथा शुभकामना दिइरहेका छन् । डोटीबाट निर्वाचित भरत खड्का र अछाम–१ बाट निर्वाचित भरत स्वारलाई दायाँबायाँ राखेर थापाले सामूहिक भेटघाट सुरु गरेका हुन् ।
दुवै भरत विशेष महाधिवेशन पक्षधर हुन् । सामूहिक भेटघाटमा उपसभापति विश्वप्रकाश शर्मा पनि मिसिएका छन् । नेपाली काङ्ग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई सभापति गगनकुमार थापाले सम्बोधन गर्दैछन् । कार्यक्रमका लागि धनगढी पुगेका प्रदेशभरिका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूले सभापति थापासँग सामूहिक भेटघाट गरिरहेका छन् ।