प्रधानमन्त्री बालेन्द्र साहले संविधानको धज्जी उडाए : कांग्रेस सभापति गगन थापा

5

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्री बालेन्द्र साहले संविधानको धज्जी उडाएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति थापाले संविधानमा गरिएको व्यवस्था प्रधानमन्त्री साहले मिचेको बताएका हुन्।

उनले प्रधानमन्त्रीले जबरजस्ती गर्नसक्ने अवस्थामा अंकुश लगाउन गरिएको संवैधानिक व्यवस्थाको नै धज्जी उडाइएको दाबी गरे। उनले थापाले संवैधानिक परिषद्को गरिमा र यसको शक्ति सन्तुलनको मर्ममाथि प्रहार भएको दाबी गरे।

‘हिजोको संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुदैन, शब्दै छ त्यहाँ’, उनले भने, ‘सरकारको प्रमुखले जबर्जस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नको लागि यस्तो संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ।

त्यसको कम्प्लिटली त्यसको धज्जी उडाइयो।’ सभापति थापाले संवैधानिक परिषदमा प्रधानमन्त्रीको ‘दबदबा’ चल्न नहुने तर्क गरे। उनले सरकार निरंकुशतातर्फ लागेको भन्दै सभापति थापाले संसद् र सडकबाट प्रतिकार गर्ने चेतावनी पनि दिए।

समाचार वर्गहरू