एमाले बैठकमा ओलीलाई गुरुङले सोधे – पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?

62

काठमाडौं । एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् ।

‘आज बैठकमा निकै चर्काचर्की भयो। अध्यक्षले अन्तिम अन्तिमतिर अलि कडा भाषाहरू प्रयोग गर्नुभयो । त्यसको जवाफ दिँदै पृथ्वीसुब्बा गुरुङले पनि त्यसमा धेरै कडा प्रतिक्रिया दिँदै भन्नुभयो- यो पार्टी तपाईंको तपाईंको प्राइभेट कम्पनी हो ? तपाईंलाई आफ्ना सहकर्मीहरूसँग मर्यादित कुरा गर्न आउँदैन ?’ एक नेताले भने ।

ओलीले पार्टीको लाइन विपरीत जानेहरूलाई कार्यविभाजन पनि नहुने लगायतका संकेत गरेपछि गुरुङले प्रतिवाद गरेका थिए । उनले यस्तो अवस्थामा पार्टी सच्चिनुपर्ने बताए । सच्चिनको सट्टा झन् धम्की दिएको भन्दै उनले आपत्ति जनाएका थिए । चर्काचर्की भएपछि बैठक स्थगित भएको थियो ।

समाचार वर्गहरू