सातै प्रदेशमा सदस्यता अद्यावधिकलाई सहज गर्न केन्द्रीय प्रतिनिधि परिचालन

6

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ। आज बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता अद्यावधिकको अनुगमन गर्न समितिको तर्फबाट ७ वटै प्रदेश केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकिएको का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

(१) डा. डिला संग्रौला – कोशी २) बहादुर सिंह लामा – बागमती  (३) उदय शमशेर राणा – सुदूरपश्चिम (४) मुक्ताकुमारी यादव – गण्डकी (५) जानकी सिंह – कर्णाली (६) देवराज चालिसे – मधेश (७) अमरसिंह पुन – लुम्बिनी

बैठकले १५ औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

यस्तै, १४ औँ महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५ औँ महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने भएको उनले बताए।

समाचार वर्गहरू