धानको न्यूनतम समर्थन मूल्य तोक्ने मन्त्रीपरिषदको निर्णय

5

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिए ।

जसअनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ । किसानले आफ्नो उपजको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य तोकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यसैगरी, सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ ।

उक्त पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

समाचार वर्गहरू