प्रधानमन्त्री बालेन्द्रले संसद बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा दिएको अभिव्यक्ति विवादीत

52

काठमाडौँ। जनताको अत्याधिक मत र दुई तिहाईको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले संसद बैठकमा दिएको अभिव्यक्ती विवादीत बनेको छ भने, देशको राष्ट्रियतामाथी नै प्रश्न चिन्न उठाएको भन्दै सवैक्षेत्रबाट विरोध भएको छ ।

गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक छापामार शैलीमा संसद बैठकमा पुगेर हात उठाई सभाुमखसंग समय माग गरेसंगै भएको सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी साहको अभिव्यक्ति विवादमा तानिन पुगेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले नेपालले पनि भारतको सीमा मिचेको बताएपछि उनको अभिव्यक्ती विवादमा तानिएको हो । उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

प्रधानमन्त्री साहको यो भनाइ सार्वजनिक भएसँगै संसद्‍मै प्रतिनिधि सभा सदस्य वासना थापाले आपत्ति जनाइकी थिइन । उनले प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने तर्क गरिन् ।

उनले भनिन्, ’प्रधानमन्त्रीले कुन आधारमा नेपालले भारतको भूमि मिचेको भन्नुभयो ? यो निकै आपत्तिजनक छ, यसलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।’ यस्तै प्रतिनिधि सभा सदस्य रमेश मल्लले समेत राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले बिना तथ्य नेपालले पनि भूमि मिचेको भन्नु गम्भीर त्रुटि भएको भन्दै प्रश्न उठाए। यस्तै एमालेका भूमिका लिम्बु, नेकपाका युवराज दुलालले पनि बालेनको अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए ।

सांसद खुश्बु ओलीले प्रधानमन्त्रीले विना अध्ययन र र्‍यान्डम रूपमा बोल्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि धुमिल हुने भन्दै उनले प्रश्न उठाइन्। यसैबीचm नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा प्रधानमन्त्री साहले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्नेमा त्यसो नगरि अन्धधुन्ध बोलेको बताए । उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् । यसैगरी, नेकपा एमालेले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन् । आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ । यसैगरी, संवैधानिक कानुनविद् डा. भिमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् ।

संवैधानिक कानुनविद् डा. आचार्यले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति अपेक्षित नभएको बताएका छन् । ‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ ।

दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ,’ उनले भनेका छन्, ‘आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन ।’ उनको सरकार प्रमुखबाटै आएको यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकारले चाहँदैन वा सक्दैन भनने कुरा दर्शाएको पनि उल्लेख गरेका छन् ।

यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुनस्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ ।’ उनले सिंगो देश र देशवासी यसबारे सचेत हुनुपर्ने पनि बताएका छन् । ‘सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आए जस्तो छ,’ उनले भनेका छन् ।

समाचार वर्गहरू