काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ३०८३/०८४ को बजेटबारे थप जानकारी दिने उदेश्यले गरिएको पत्रकार सम्मेलनमा समेत बजेट र आप्mनो बचाउमै समय खर्चिएका थिए । पत्रकार सम्मेलनमा प्रश्नोत्तरभन्दा अघि करिव १ घण्टा लामो भाषण नै गरेका अर्थमन्त्री वाग्लेले पटकपटक बजेट महत्वकांक्षी नभएको दाबी गरेको र अब देशको अर्थतन्त्र सवल हुने भन्दै आएका थिए ।
आइतबार पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लले भने, ‘बजारमा २५ खर्बको बजेट आउँछ रे भन्ने व्यापक हल्ला थियो । तर, अन्तिममा बजेट आयो २१ खर्बको हाराहारीमा, धरैले बजेट ठूलो आयो, महत्वकांक्षी आयो भनियो पनि, आकारमा बजेट त्यस्तो महत्वकांक्षी होइन ।’ उनले जिडीपीको सापेक्षतामा सानो आकारको बजेट ल्याएको समेत दाी गर्न पछि परेनन ।
बजेटले ऋण थप्यो भन्ने विषयमा समेत अर्थमन्त्री वाग्लले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो, त्यसबेला भन्दा अहिले कममै छौँ, यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ । यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ ।’
अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग छलफल गरिरहेको समेत बताए । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए । अर्थमन्त्री वाग्लेले यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ । त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उनले दाबी गरे ।
अर्थमन्त्रीले भने, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस् । झुक्क्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ । त्यस्तो होइन । १० प्रतिशत बेसमै भएको हो, बढेको बेसमा अर्को १० प्रतिशत भएको हो तर पर्फमेन्स रिलेटेड मेजर शुरु गर्नका लागि । अहिले सबैले पाउँछन् । रिफर्मपछि त्यो एडजस्टेबल हुनसक्छ । त्यसपछि दिइने प्रोत्साहन भत्ता प्रोत्साहनकै लागि हुनेछ ।’
उनले १ घण्टाको भाषण पछि सुरु भएको प्रश्नोत्तर कार्यक्रममा रास्वपाकै कार्यकता युटुवर बनेर अन्टसन्ट प्रश्न गरेपछि सम्मेलन समेत भाडिन पुगेको थियो । पत्रकारसँगै रास्वपाका कार्याकर्ता पनि सहभागी छन् । गैरपत्रकारको उपस्थितिले कार्यक्रम नै बरालिएको छ । काभ्रेबाट आएको भन्दै एक व्यक्तिले यो सरकार बनाउने म पनि हो भने !
उपस्थित सञ्चारकर्मीले यो पत्रकार सम्मेलन हो कि कार्याकर्ताले पार्टीकै कार्याक्रममा प्रश्न सोध्ने भने रोक्ने प्रयास गरेका थिए ! तर, उनले निरन्तर आफ्नो प्रश्न राखे ! प्रेस मिटमा २ वटा माइक राखिए पनि एउटक बिग्रिएको छ । पूर्वअर्थमन्त्रीले जन अपेक्षाअनुसार काम गर्न नसकेर नाङ्गोझार बनाएर लखेटेका थिए ! अहिलेको बजेट पनि त्यस्तै हो भनेर ? एकजनाले अर्थमन्त्रीलाई सोधेका थिए ।