यू–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्दै

12

काठमाडौं – भुटानमा हुने यू–१५ महिला साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्ववन्दी भारतसंग प्रतिस्पर्धा गर्दैछ । तेस्रो संस्करणको यू–१५ महिला साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

भुटानको थिम्पुमा हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बलियो टिम भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल चाम्लिङथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

अघिल्ला दुई संस्करणमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको नेपालले तेस्रो संस्करणमा भने उपाधि जित्ने लक्ष्य लिएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले नेपाली टिम बलियो रहेकाले भारतलाई चुनौती दिने बताएका छन् । नेपाली टिमकी कप्तान प्रीति राईले भारतविरुद्ध शतप्रतिशत खेल्ने बताएकी छिन् ।

भारतपछि नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ । प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।

सबै टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ल
सन् २०१७ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

समाचार वर्गहरू