संसद्‌मा विपक्षीको वेल घेराउबिच धमाधम नियमावली पारित

38

काठमाडौं – प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।

अहिले भर्खरै सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नका जवाफ दिँदासम्म वैठक सामान्य रुपमा चलिरहेको थियो । उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्ताहरुलाई आफ्नो संशोधन फिर्ता लिन समय दिए । प्रतिपक्षी सांसद नरेन्द्र कुमार केरुङले संशोधन फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरे ।

त्यसपछि प्रस्तावको पक्षमा हुने सदस्यलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाए ।

प्रतिपक्षका संसदहरुको वेल घेराउकाबिच सभामुख डिपि अर्यालले संसदको नियमावली बहुमतले धमाधम पास गराइरहेका छन् ।

समाचार वर्गहरू