नेशनल माइकोफाइनान्सले दियो मृतक सदस्यको परीवारलाई कर्जा माफ र काजकिरीया सम्मको सुविधा

27

बिन्धी,धनुषा – जनकपुर नेशनल माइकोफाइनानस वितिय सस्था लिमिटेड धनुषा,बिन्धी शाखाले आफ्नो समुहको ऋणी सदस्यको मिति २०७७र०२र०४ गते मृत्यु भएकोले कर्जा रकमको १३० प्रतिशत निज सदस्यको परीवारलाई निजकै केन्द्र बैठकहुने ठाउँमा गई वितरण गरेको छ।

जनकपुर उपमहानगरपालिका वडा नं १ स्थित श्री गणेश महिला समुहमा आबद्ध समुहकी सदस्य श्रीमति ममता देवी साहको मृत्यु पशचात बिन्धी शाखाका शाखा प्रमुख श्री बालिष्टर यादव , कर्मचारी देबेन्द्र कुमार यादव र त्यही समुहका सदस्यहरु लगायत केन्द्र प्रमुख श्रीमति जानकी देवीको उपस्थितिमा कागजी प्रकिया पुरा गरेर शाखा प्रमुख यादवले मृतकको श्रीमान उपेन्द्र प्रसाद साहलाई रु२ लाख ६० हजार रकम हस्तान्तरण गरेका थिए।

मृतक सदस्य ५ वर्षदेखी सस्थामा आबद्ध रहेकी थिईन । बिमा रकम वितरण गर्दै शाखा प्रबन्धक यादवले मृतक सदस्य प्रति हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन प्रति धैर्य धारण गर्ने शक्ती प्रदान होस भन्दै कामना गरेका थिए । मृतक सदस्यले रु२ लाख रुपैया कर्जा लिएकी थिईन । कागजीप्रकीया पुरा गर्न बैकका कर्मचारी देबेन्द्र कुमार यादवले कार्यक्रमको सहजिकरण गरेका थिए ।

समाचार वर्गहरू