नयाँ खरिद गरिएका वाटर क्याननको परीक्षण

19
तस्बिर : नेपाल प्रहरी

(काठमाडौँ)- नेपाल प्रहरीले चीनबाट खरिद गरिएका ५ वटा वाटर क्यानोन (पानीको फाहोरा हान्ने उपकरण) को परीक्षण गरेको छ । नक्सालस्थित प्रहरी मुख्यालयको खेल मैदानमा ५५ मिटर र ३० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्ने क्षमताका वाटर क्यानन उपकरण परीक्षण गरिएको हो ।

प्रहरी मूख्यालयमा बिहीबार वाटर क्यानोनबाट सेल्फ स्प्रे, ५५ र ३० मिटर दुरीमा फोहोरा प्रदर्शन, भीडमा सहभागीको पहिचान हुने रङयुक्त फोहोराको समेत प्रदर्शन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ती वाटर क्यानन चीनको मल्टिनेश्नल कम्पनीबाट खरिद गरिएका हुन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

यसअघि एउटा मात्रै वाटर क्यानोन रहेकोमा पछिल्लो पटक ५ वटा खरिद गरिएको र एक प्रदेश–एक वाटर क्यानन अवधारणा ल्याइएको प्रहरीले जनाएको छ । नयाँ खरिद गरिएका अपरक्यान र लोअर क्यान सहितको वाटर क्यानोन १८ वटा अश्रुग्यास सेल र ७ हजार ४ सय लिटर पानी अट्ने क्षमताको रहेको उल्लेख छ ।

‘अपर क्यान’मा ५५ मिटरको दुरीसम्म र ‘लोअर क्यान’मा ३० मिटरको दुरीसम्म पानीको फोहरा फाल्न सक्ने क्षमता रहेको छ । प्रहरीले अझै दुई वटा ‘वाटर क्यानोन’ खरिद गर्ने प्रक्रियालाई जारी राखेको छ । प्रहरीका अनुसार एउटा क्यानोनको मूल्य साढे ४ करोड रुपैयाँ बढी पर्छ ।

समाचार वर्गहरू