गृहमन्त्री सुधन गुरुङ र विचौलिया दिपक भट्टको साइनो खुल्न थालेसंगै खुलेन ‘हामी नेपाल’ को वेवसाइट

4

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् ।

त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको निशुल्क शेयर त्यही सम्मानको बार्टर त हैन रु प्रश्न यसरी पनि उठ्ने गरेको छ । सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो ।

सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा। सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ । तस्बिरमा खैरो ज्याकेट लगाएर उभिँदै माइक समातेर बोल्ने व्यक्ति उनै दीपक हुन् । सोफामा मास्क लगाएर सुधनसँगै बसेको अर्को तस्विरमा पनि देखिन्छ ।

एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ ।

यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए भन्दै जनआस्थाले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू