काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा आइतबार भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालका लागि असिम श्रेष्ठले १८, आयुस सिंहले १५ तथा सदिश प्रधानले १४ स्कोर गरे । नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बंगलादेश र श्रीलंकाले प्रतिष्पर्धा गर्नेछन् ।