नेप्सेमा दोहोरो अंकको सुधार

62

काठमाडौं – धितोपत्र बजारमा सोमबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । सेन्सेटिभ परिसूचक २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज कारोबार रकममा समेत वृद्धि भएको छ । १७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो ।

कारोबारमा आएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयरमा गिरावट आएको छ । सामूहिक लगानी कोष तटस्थ देखिँदा ‘अन्य’ समूह ०.७४ विन्दुले घटेको छ ।

समाचार वर्गहरू