मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ – मुख्यमन्त्री कार्की

5

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे ।

आफूलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचन हुने भन्दै उनले भने ‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने बताए ।

‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू