काठमाडौं महानगरमा चटपटे-पानीपुरी, खुल्ला दुध बेच्न नपाइने

26

काठमाडौं – काठमाडौं महानगरपालिकाले खुला रुपमा बिक्री हुने चटपटे, पानीपुरी लगायतका पसलहरु बन्द गराउने तयारी गरेको छ ।

खुल्लारूपमा बेचिने चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई महानगरले बिक्री प्रतिबन्धको तयारी गरेको हो ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी उपप्रमुख सनिता डंगोलले खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने बताइन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन्,’ उपप्रमुख डंगोलले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

महानगरपालिकाले पानीपुरीलगायत डेरीजन्य उत्पादनको परीक्षण गरेर मात्रै निर्णय गर्ने तयारी पनि गरेको छ । चटपटे, पानीपुरी, मोही,दही, खुला दूधलगायतमा पानी प्रयोग हुनसक्ने भन्दै अन्य पदार्थको परीक्षण गरेर महानगरले यस्ता वस्तुको बिक्री रोक्न खोजेको हो ।

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले बर्षायामका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू