‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ स्वीकृत

55
तस्बिर- प्रदीपराज वन्त÷रासस

काठमाडौं – प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

मन्त्री पौडेलले भने, ‘यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अनुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ।’

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू विराजभक्त श्रेष्ठ, डा. प्रकाशशरण महत, वासुदेव घिमिरे, जुलीकुमारी महतो, रोशन कार्की, स्वर्णिम वाग्ले, हरि ढकाल, राजेन्द्रकुमार केसी, सुमना श्रेष्ठ, प्रेम सुवाल, मनिष झा, माधव सापकोटा, नारायणी शर्मा, नागिना यादवहरूले छलफलमा भाग लिएका थिए।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ दिनको १ बजे बस्नेछ।

समाचार वर्गहरू