अखिल क्रान्तिकारी इन्चार्जको जिम्मेवारी हिमाल शर्मालाई

38
फाइल फोटो

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ।

माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इञ्चार्ज हिमाल शर्मालाई दिने गरी माओवादीले सोमबार मातहतको कमिटीमा सर्कुलर पठाएको हो ।

यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।

अखिल क्रान्तिकारीको नेतृत्वमा हाल पञ्चा सिंह रहेकी छन् भने पवन कार्की नेतृत्वको अर्को समूहले पनि समानान्तर गतिविधि गर्दै आएको छ । शर्मासामु अब यी दुई समूहलाई मिलाएर लैजाने दायित्व आइलागेको छ।

इन्चार्जको जिम्मेवारी पाएका शर्मा त्रिविा पुर्व स्ववियु सभापति हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू