काठमाडौं । राहदानी छपाई अनियमितता सम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको अख्तियारले जनाएको छ । ठेकेदार थापासँग सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ । उनी नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन् ।