आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

13

काठमाडौं – आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।

शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।

आम जनता पार्टीका अध्यक्ष साह र समाजवादी जनएकता पार्टीका संयोजक श्रेष्ठबीच पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

दुवै पार्टीबीच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू