इस्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

15

काठमाडौं – इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार (आज) देखि खुल्ला भएको छ।  सर्वसाधारणले आज कार्यालय समयदेखि कम्पनीको आईपीओमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गर्न लागेको हो।

यसमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने कम्पनिले जनाएको छ।

समाचार वर्गहरू