काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नवौं महाधिवेशनको कमिटी ब्युँताउने तयारी थालेका छन् ।अध्यक्ष ओलीले तत्कालै नवौं महाधिवेशनले निर्माण गरेको कमिटीको बैठक डाक्ने तयारी समेत गरेको बुझिएको छ ।
बिहिबार सर्वोच्च अदालतको आदेशले नवौं महाधिवेशनको कमिटी बाहेकको पछिल्लो महाधिवेशन आयोजक कमिर्टीको निर्णय नै अमान्य हुने भनिदिएपछि ओलीका लागि पुरानै कमिटीमा फर्कनुपर्ने वाध्यकारी बाटो बनेको छ ।
एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।
पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता आएको राजनितिक उतारचढाव सँगै नवौं महाधिवेशनको केन्द्रीय कमिटी सदस्यमध्ये कतिपयको मृत्यु भइसकेको छ भने कतिपयले गुट परिवर्तन गरेका छन् ।
यस्तो थियो नवौं महाधिवेशनको निर्वाचित केन्द्रीय कमिटी –