एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

5

काठमाडौं – नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् ।

काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याएका छन् ।

यस अघिको ११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो । उपाध्यक्षमा जीवन खरेल निर्वाचित भएका छन् । सचिवमा धर्म विश्वकर्मा विजयी भएका छन् ।

अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू