एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?

6
फाइल फोटो

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठक मंगलबार (आज) बस्ने भएको छ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले बैशाख २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आज छलफल भएका एजेण्डालाई केन्द्रीय बैठकमा प्रस्तुत गरिनेछ।

सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफल गरी कार्ययोजना बनाएको छ। उक्त छलफलका विषय आजको बैठकमा प्रस्तुत हुनेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू