ओलीलाई स्पष्टीकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णयको पत्र बालुवाटारमा

58

काठमाडौं – नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् ।

प्रचण्ड–माधव नेपाल पक्षका एक नेताका अनुसार नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

समाचार वर्गहरू