काठमाडौंमा तीन देशका कलाकारको चित्रकला प्रदर्शन सम्पन्न

19

काठमाडौं – नेपाल, भारत र बंगलादेशका कलाकारहरुको ६० भन्दा बढी चित्र प्रदर्शन गरिएको छ । शनिबार काठमाडौँको नेपाल कला परिषदमा भारतका ११, बंगलादेशका १० र नेपालका ५ कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शन गरिएको हो ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा भएको कार्यक्रममा कलाकारहरुले ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्काका सिकाइ हस्तान्तरण समेत गरेका छन् । उनीहरुले आफ्ना अनुभव आदानप्रदान गर्दै चित्रमार्फत एकअर्कामा सँस्कृति साटासाट समेत गरेका छन् ।

यस्ता सामूहिक चित्रकला कार्यशालाले नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने कला प्रदर्शनीमा भारतबाट सहभागी कलाकार अंकित देवा भौमिकले बताए ।

नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बंगलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारेका थिए ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू