काठमाडौं – भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको बताइएको छ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दु:खद खबर प्राप्त भएको छ।’ उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाको बारेमा रिपोर्ट गरेको जानकारी दिए। दुर्घटनाको समयमा, उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र उनीहरूले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए। पिटिआइ