क्रीकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

2

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुने बताइएको छ।

सात महिनादेखि सर्दै आएको लामिछानेको मुद्दाको आजदेखि जिल्ला अदालतको बन्द इजलासमा सुनुवाइ भएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू