काठमाडौं – पछिल्लो समय विभिन्न नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिरहेका छन् । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा सोमबार साँझ सम्ममा ६ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आइपीओमा सोमबार साँझसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।
यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ६.१ गुणा बढी हो । ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।