चन्द समूहका ११ कार्यकर्ता पक्राउ

13

(काठमाडौं) – प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका ११ कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शन गर्ने क्रममा उनीहरुलाई आइतबार माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो ।

पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए ।

पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो । काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका विरुद्ध उच्छृङ्खल गतिविधि गरेको आरोप छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

समाचार वर्गहरू