जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

26

(काठमाडौं) – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन  वैशाख २५ राती १२ बजेसम्म सम्म कायम छ । छैटौंपटक १० दिन थपिंदा लकडाउनको अवधी ५५ दिन पुग्ने भएको छ ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय समितिले लकडाउन कोरोना रोकथामको लागि प्रभावकारी भएको भन्दै निरन्तरता  दिन सिफारिस गरेको थियो ।

सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस्तै सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

 

समाचार वर्गहरू