टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु

18

(भक्तपुर) – टिपरको ठक्क्रबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ सृजनानगरमा टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो ।

बा ३ ख २५३१ नम्बरको टिपरले ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । विकलाई ठक्कर दिएर भागेको टिपर र त्यसका चालक सिद्धिमान तामाङलाई प्रहरीले कोटेश्वर नियन्त्रणमा लिएको छ ।

समाचार वर्गहरू