दाहाल नेतृत्वको सरकारको ६ महिनाको प्रगति विवरण सार्वजनिक [विवरणसहित]

5

काठमाडौं – सरकारले ६ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेको हो।

पुस १० गते दाहालको नेतृत्वमा सरकार गठन भएको थियो। सरकारको यो अवधि उपलब्धिपूर्ण भएको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ। प्रधानमन्त्री दाहालको सचिवालयले सरकारको ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै ७७ उपलब्धि सार्वजनिक गरेको छ।

सरकारले यो अवधिमा सुशासनका लागि काम गरेको दाबी गरेको छ। मिटरव्याजी पीडितहरूको समस्या समाधान गर्न सरकारले कानुन संशोधन गर्दै उजुरी आह्वान गरेको कुरालाई दाहाल सरकारले महत्वपूर्ण उपलब्धिका रुपमा प्रस्तुत गरेको छ। मिटरब्याजीविरुद्ध हालसम्म २३ हजार ११८ उजुरीमाथि कारबाही भइरहेको सरकारले जनाएको छ।

त्यस्तै, राष्ट्रिय प्रशासन लाइनमा ४०८ मेगावाट विद्युत थपिएको कुरालाई पनि सरकारले आफ्नो उपब्धिका रुपमा प्रस्तुत गरेको छ। हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको, विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५८ प्रतिशतबाट २.४२ प्रतिशत थप भई ९६ प्रतिशत सरकारले दाबी गरेको छ।

यस्तो छ सरकारले सार्वजनिक गरेको आफ्नो उपलब्धि विवरणः

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/06/छ-महिनाको-प्रगति-विवरण.pdf” title=”छ महिनाको प्रगति विवरण”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू