नक्कली घिउ उत्पादन गर्ने ३ जना पक्राउ

27

वीरगन्ज – नक्कली घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली घिउ उत्पादन गर्दै आएका वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ र रमेश श्रेष्ठ तथा भारत मोतिहारीका राम विलास यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकस्थित सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगबाटै नियन्त्रणमा लिएको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै उनीहरुले विभिन्न अखाद्य रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्दै आएका थिए ।

उनीहरुको साथबाट प्रहरीले नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकरसहित बजार पठाउन लागिएको ५२ कार्टुन नक्कली घिउ बरामद गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू