निर्माण व्यवसायीमा देखिएको समस्या समधान गर्नेबारे पहल भई रहेको छ : पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

11

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ को नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मंगलवार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसंग भेटबार्ता गरेको छ ।

भेटमा मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन लगायतमा भएको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिबाट निर्माण उद्योगमा अत्यन्त जटिल समस्या देखिएकाले तत्काल मूल्य समायोजन उपलब्ध गराइ व्यवसायीहरूलाई राहत दिन ध्यानाकर्षण गराएको बताइएको छ ।

महासंघका पूर्व अध्यक्षहरू सहित गएको सो टोलीले म्याद थप, रुग्ण आयोजनाको व्यवस्थापन, सरकारबाट जारी निर्देशनबाट उत्पन्न समस्या लगायतका विषयमा संवेदनशील भई समस्या समाधान गरिदिन समेत मन्त्री लम्साललाई आग्रह गरेको बताइएको छ । मन्त्री लम्सालले व्यवसायीहरूले भोगेका तमाम समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।

समाचार वर्गहरू