काठमाडौं – झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा निर्वाचन सुरक्षामा खटिएर फर्कंदै गरेका नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ ।
दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र भोजपुरको षडानन्द नगरपालिका–८ का चिचोहाङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाश प्रहरी कर्मचारी र चिचोहाङ म्यादी प्रहरी हुन् । को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।