नेपाली कांग्रेस र जसपाको कोटाका ११ देशका राजदूत फिर्ता

6

काठमाडौं – सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ।मन्त्रिपरिषद्को बिहिबारको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिल्ली जाने तयारी भइरहेका वेला भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मालाई पनि सरकारले फिर्ता बोलाएको छ। 

सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो।

पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ।

फिर्ता बोलाइएका राजदूतहरू नेपाली कांग्रेस र जसपा नेपालको कोटाबाट नियुक्त भएका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू