नेप्सेसँगै कारोबार पनि रकम पनि घट्यो

55

काठमाडौं, साझा खवर संवाददाता – धित्रोपत्र बजारमा आज १८ अंकले गिरावट आएको छ । दुई दिन लगातार उकालो लागेको बजार परिसूचक नेप्से कारोबार हुने साताको अन्तिम दिन भने ओलालो लागेको हो । नेप्से आज १८ दशमलव १२ अंकले घटेर १ हजार १ सय ५५ दशमलव ३० बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ८ करोड रुपैयाँ कमी आएको छ । २२ अंकले उकालो लागेको नेप्सेमा बुधबार ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएका मध्ये व्यापार र म्यूचलफण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएपछि समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ५ दशमलव ३२ अंकले घटेको छ ।

जीवन बीमा कम्पनी समूहको उपसूचक, होटलको ४८ दशमलव ९३ र उत्पादन मूलक समूहको ४४ दशमलव १२ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ६६ कम्पनीका ७ हजार ५ सय ३५ कारोबारबाट १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर किनबेच भए ।

जसअन्तर्गत, ३९ करोड ९९ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

समाचार वर्गहरू