एजेन्सी – केलियन एमबाप्पेको गोलमा फ्रान्सले युईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ । शनिबार राति भएको समूह जेको खेलमा फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गरेको हो ।
फ्रेन्ड्स एरिना सोल्नमा फ्रान्सको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् । खेलको ४१ औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।
यस्तै, सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्याे । उसले क्राेएसियालाई ४–१ ले हरायो ।
साविक विजेता पोर्चुगलका लागि म्यान्चेष्टर सिटीका डिफेन्डर जोआओ क्यान्सिलो, उल्भ्सका मिडफिल्डर डिओगो जोटा र एटलेटिको मड्रिडका जोआओ फेलिक्सले गोल गर्दै ३–० ले अघि बढाका थिए ।
दोस्रो हाफका ईन्जुरी समयमा स्विडेनका ब्रूनो पेटकोविकले एक गोल फर्काएका थिए । तर खेलको अन्तिम समयमा आन्द्रे सिल्भाले एक गोल गर्दै पोर्चुगललाई ४–१ को शानदार जित दिलाए । समूह जेमा फ्रान्स र पोर्चुगलले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।