काठमाडौं – कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिमण्डलको पुनर्ठगठनको बारेमा जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलेअन्ध राष्ट्रवादको कुरा गरी पहाडी जनता ठग्ने ओली र क्षेत्रीयतावादका कुरा गरेर मधेशी मतदाता ठग्ने महन्थ ठाकुर र राजेन्द्र महतो कसरी एकै ठाम ? भनि प्रश्न गरेका छन् ।
जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्ठगठन गरेपछि डा. भट्टराईको यस्तो प्रतिक्रिया दिंदै भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनी प्रश्न गरेका छन् ।
डा. भट्टराईले ट्वीटरमा लेखेका छन्–‘यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’