राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

39

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

यसअघि विपक्षी दलका सांसदले विरोध गरे पनि प्रतिनिधिसभा नियमावली, २०८३ प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।

समाचार वर्गहरू