(पाँचथर)- पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।
निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुवैको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।