काठमाडौं – रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
मेयर पटेलसहित उनका सहयोगी अशोक पटेलका बिरुद्ध पनि आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा गत फागुन १५ गते मेयर पटेललाई अख्तियारको टोलीले नियत्रणमा लिएको थियो ।
उनीहरुलाई बरामद भएको ५ लाख घुस बराबरको बिगो मागदाबी गरिएको छ ।