ललितपुर – कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
उपचारको क्रममा शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी गत साउन २८ गते अस्पताल भर्ना भएका थिए । योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।