पौडेल समूहको पत्रकार सम्मेलनमा गगनको अर्थपुर्ण इन्ट्री

9

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइत्तर पक्षले १४औं महाधिवेशनमा सहमतिमा एक जना मात्र सभापतिको उम्मेदवार हुने घोषणा गरेको छ।

कांग्रेस मुख्यालय सानेपामा विहीबार दिउँसो पार्टी नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइत्तर पक्षले प्रत्रकार सम्मेलन गरी पार्टीको १४औं महाधिवेशनमा आफूहरु मध्येबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन्।

पार्टीको महाधिवेशन सुरु हुने एक दिन अघि भएको सो पत्रकार सम्मेलनमा नेता पौडेलले आफूहरुमध्येबाट एक जना मात्र उम्मेदवार हुने बताएपनी उम्मेदवारको नाम भने सार्वजनिक गरेनन्।

सभापतिको एउटै उम्मेदवार घोषणा कार्यक्रममा सभापतिका दाबेदारहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूवमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र अर्जुननरसिंह केसी उपस्थित थिए।

पत्रकार सम्मेलनमा अन्य पदाधिकारीका दाबेदार नेताहरु कोषाध्यक्ष सीतादेवी यादव, बलबहादुर केसी, गगनकुमार थापा, डा. मिनेन्द्रप्रसाद रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र किरण यादवको उपस्थिति थियो।

पत्रकार सम्मेलनमा उपस्थित नेताहरुमा मंगलबार मात्रै कुनै समुह बिनै महामन्त्रीको उम्मेदवारी घोषणा गरेका युवा नेता गगन थापाको उपस्थितीलाई भने कांग्रेस वृत्तमा अर्थपुर्णरुपमा हेरिएको छ ।

१३औं महाधिबेशनमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको समुह बाट महामन्त्रीको उम्मेदवार बनेका नेताको यो उपस्थिती बाँकी समुहलाई झस्काउने रणनिती हो कि पौडेल समुहको महामन्त्री हुन लागेका हुन् त्यो त हेर्न बाँकी नै छ ।

समाचार वर्गहरू